काठमाडौैं र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ११ वर्षीय आदित्य गुप्ताको मृत्यु भएको हो । उनी आमासँग बिद्यालय जाँदै थिए । बल्खुबाट सानेपातर्फ जाँदै गरेको ना ६ ख २२०३ नम्बरको ट्रकले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनकी सरिताकुमारी गुप्ता पनि घाइते भएकी छिन् ।
त्यस्तै, उता, मध्यपुरठिमी नगरपालिका–४ नयाँठिमीस्थित सडकमा बा ४ ख २९०१ नम्बरको टिपरले ग ७ प ५३५३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलचालक चाँगुनारायण नगरपालिका–६ बस्ने २६ वर्षीय सुवास मोक्तानको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया