आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रहरीका एआइजीहरुको सरुवा तयारी

काठमाडौं । मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठकले नेपाल प्रहरीका उच्च अधिकारीको सरुवाको तयारी गरेको छ ।
गृह मन्त्रालयले एआइजीको पदस्थापन र सरुवाको प्रस्ताव लगेको छ ।
स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा किरण बज्राचार्य र सिआइबीमा दीपक थापाको सरुवा प्रस्ताव छ । एआइजी बज्राचार्यलाई चार महिनाअघि सिआइबीबाट हटाइएको थियो । सुन तस्करीको अनुसन्धानमा चलखेल गरेको जाँचबुझ आयोगको सिफारिसका आधारमा उनको सरुवा भएको थियो ।
त्यस्तै, सिआइबीका एआइजी श्याम ज्ञवालीको प्रदेश समन्वय विभागमा सरुवा गर्न लागिएको छ । बढुवा सिफारिस भएका रामदत्त जोशीको कार्य विभागका पदस्थापन हुने सम्भावना छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया