बंगलादेशमा नयाँ सरकार गठन, प्रमुख सल्लाहकार युनुसले लिए सपथ

काठमाडौं । बंगलादेशमा नयाँ सरकार बनेको छ। आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएर शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बनेको हो । प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा नयाँ सरकार बनेको हो । युनुसले राष्ट्रपतिसँग बिहीबार बेलुका सपथ लिएका छन् ।
नोबल पुरस्कार विजेता युनुस बिहीबार मात्रै पेरिसबाट फर्किएका थिए । सेना र आन्दोलनरत बिद्यार्थीको सहमतिका अनुसारमा युनुसको नेतृत्वमा नयाँ सरकार बनेको हो । हसिना प्रधानमन्त्री हुँदा उनी युनुसको विरोधी थिइन् । माइक्रोफाइनान्सका गुरु मानिने युनुस नोबल पुरस्कार बिजेता हुन् ।
युनुसको नेतृत्वमा १६ सदस्यीय सल्लाहकार परिषद् बनेकोमा उनीहरुले समेत सपथ लिएका छन् ।
सरकारी जागिरमा आरक्षण व्यवस्था संशोधनसम्बन्धि आन्दोलन चर्किएपछि १५ वर्षदेखि सत्ता चलाइरहेकी हसिना देश नै छाड्न बाध्य भएकी हुन् । निरंकुश शैलीमा देश चलाएकोमा उनीविरुद्ध देशमा आक्रोश बढेको थियो ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया