खानेपानी कार्यालयका प्रमुखसहित पाँच जना भ्रष्टाचारी ठहर

काठमाडौैं । खानेपानी कार्यालयका प्रमुखसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । हुँदै नभएको कामको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको कसुरमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय मुगुका तत्कालिन प्रमुख राजिव रिमालसहितलाई बिशेष अदाललते आइतबार ठहर गरेको हो ।
त्यस्तै, सव–इन्जिनियर नरबहादुर लावड तथा उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तिर्थबहादुर शाही पनि दोषी ठहर भएका छन् ।
सोरु गाउँपालिका ५ मा सिंचाई आयोजना बनाउँदा उपभोक्ता समितिमार्फत पाँच लाख ६१ हजार हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ बैशाखमा मुद्दा दायर गरेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया