बन्दीपुर शिव महिम्नाहा उत्सव सम्पन्न
बन्दीपुर । पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा साउन १ देखि सञ्चालनमा रहेको शिव महिम्नाहा उत्सवको समापन भएको छ। खचाखच भरिएको ६ हजारभन्दा बढीको उपस्थितिका बिच व्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरूपानंद दामोदर बाबाले गरेका थिए ।
समापन मन्तव्यमा उनले वनदेवीको मुख्य आश्रम स्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकोले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने बताए ।
समापनको समारोहमा एक दिने शिव पुराण पण्डित दीपक सापकोटाले सङ्गीतमय ढङ्गबाट प्रस्तुत गरेर भक्तजनलाई भरपुर आनन्द तुल्याएका थिए ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया