NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

एआइजी दिपक थापाः चितवनको मतपत्रकाण्डदेखि सिआइबीसम्म

काठमाडौं । नेपाल प्रहरीमा केही यस्ता ‘क्षमतावान’ अधिकृत छन् जो सरकारमा जुनसुकै पार्टी आएपनि सधैं शक्तिशाली रहन्छन् । त्यसमध्ये एक हुन् प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दिपक थापा । उनै थापाले बुधबारदेखि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को इन्चार्ज सम्हालेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखबाट उनी सिआइबीमा सरुवा भएका हुन् ।

सामान्यतया प्रहरीमा कमाण्डबाट अर्काे कमाण्डमा खटाइन्न । तर, एआइजी थापा जस्ता प्रहरी अधिकारीको हकमा भने यस्तो नियम लागू हुँदैन । किनकी उनले लगातार तीन वटा कमाण्ड पाइसकेका छन् । बढुवा भएलगत्तै प्रहरीको खरिदसम्बन्धि हेर्ने प्रशासन विभागमा थिए । त्यहाँबाट उपत्यकाको इन्चार्ज बनेका उनी एक वर्ष कार्यकाल पूरा भएपछि सिआइबी पुगेका हुन् ।

उनकै ब्याचका केही एआइजीले एउटै राम्रो कमाण्ड नपाउँदा एआइजी थापाले भने यसरी लगातार तेस्रो कमाण्ड पाउनुलाई प्रहरीभित्र अनौठो रुपमा हेरिएको छ । तर, एआइजी थापालाई नजिकबाट चिनेकाहरु भने यसलाई सामान्य मान्छन् ।

किनकी सत्तामा जाृेसुकै आएपनि खुशी बनाउने ‘कला’ उनीसँग छ । कांग्रेस, एमाले तथा माओवादीका शीर्ष नेतालाई उनले आफ्नोमा हातमा लिएका छन् ।
उनका विगतका पोष्टिङ हेर्याे भने पनि त्यो थाहा हुन्छ । एसपी हुँदा उनी चितवनमा कार्यरत थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा त्यही थिए । जहाँ प्रचण्डपुत्री रेणु दाहालले चुनाव हार्ने भएपछि योजनाबद्ध रुपमा मतपत्र च्यातेर एक वडामा फेरि मतदान गरिएको थियो । त्यसमा एसपी थापाको भूमिका समेत शंकास्पद थियो ।
त्यसपछि उनका अन्य पोष्टिङ प्रशासन विभाग अन्र्तगत खरिद तथा बजेटमा बितेको छ । सर्वेन्द्र खनाल, शैलेश थापा तथा धिरजप्रताप सिंह आइजिपी हुँदा प्रहरीमा उनकै हालिमुहाली चल्यो । पछि बढुवापछि पनि प्रशासन पिभागकै प्रमुख बने । यो क्रममा प्रहरीमा अरबौंका ठेक्का दिलाए । यस्ता ठेक्कामा प्रहरीले न्युनतम १० प्रतिशत कमिसन पाउने गरेका छन् । कतिपय ठेक्का सेटिङमा भएकाले २५ प्रतिशतसम्म कमिसन चलेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । केही खरिदको हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ । स्रोतका अनुसार थापासँग पनि आयोगले बयान लिएको छ । तर, मुद्दा मिलाउन उनले सबैजसो शक्तिकेन्द्रमार्र्फत दबाब दिइरहेका छन् ।

हाल सिआइबीमा उनी जानुमा पनि ठूलो समुहको स्वार्थ रहेको स्रोत बताउँछ । सिआइबीमा बाँसबारी छाला जुत्ता उद्योगदेखि बालमन्दिर जग्गाको हिनामिना, टिकापुर जग्गा प्रकरण जस्ता हाइप्रोफाइल अनुसन्धान भइरहेका छन् । यसमा चौधरीदेखि बिशाल ग्रुप जोडिएका छन् । हाइप्रोफाइल व्यापारीलाई जोगाउनकै लागि उनलाई सिआइबी लगिएको उच्च स्रोत बताउँछ । देशका ठूला बिचौलिया र व्यापारीसँग एआइजी थापाको निकटतम सम्बन्ध रहेको छ । त्यसकारण उनीहरुले नै थापालाई त्यहाँ लगेर मुद्दा सेटल गर्न खोजेका हुन् । जसकारण उनको कार्यकालमा सिआइबी छवी झनै ध्वस्त हुने जोखिम छ । यसअघि किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको कार्यकालमा समेत सिआइबी बदनाम भएकोमा थापाको कार्यकालमा झनै व्यवसायिक खस्कने प्रहरी अधिकारीको चिन्ता छ । एआइजी थापा भने सिआइबीमार्फत थप शक्ति आर्जन गरी आइजिपी हुने दाउमा छन्।

 

 

ताजा अपडेट

नेपालवाच विशेष