मुख्यसचिव नभएपछि सचिव ज्ञवालीद्वारा राजीनामा

काठमाडौं । मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै सचिव डा.तोय नारायण ज्ञवालीले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीले आगामी २२ भदौदेखि अवकाश पाउन लागेका थिए ।
हालका सचिवहरुमध्ये वरियतामा उनी पहिलो स्थानमा थिए । तर, सरकारले कार्यक्षमताका आधारमा एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको राजीमा पनि स्वीकृत गरेको छ ।
अर्याल १५ भदौपछि लागू हुने गरी मुख्यसचिव बनेका हुन् ।
मुख्यसचिवको प्रतिस्पर्धामा पहिलो बरियतामा तोयनारायण ज्ञवाली, दोस्रोमा रामकृष्ण सुवेदी र तेस्रोमा दिनेश भट्टराई थिए। चौथो नम्बरमा रहेका अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जितेर मुख्यसचिव भएका हुन् ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया