NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

एक सातामै उल्टियो प्रहरीबारे सर्वाेच्चको आदेश, ३० वर्षे सेवाहद कायमै रहने

काठमाडौैं । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद कार्यान्वायन रोक्ने सर्वाेच्च अदालतको आदेश उल्टिएको छ । शुक्रबार न्यायाधीशद्वय बिनोद शर्मा र शारङगा सुवेदीको इजलाशले गत ६ गते सर्वाेच्चका न्यायाधीश हरि फुयालको इजलाशले दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

सो आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावलोकन निवेदनमा शुक्रबार मागबमोजिम हुने फैसला भएको छ । यससँगै शनिबारदेखि नेपाल प्रहरीका करिब एक सय प्रहरी अधिकारीले अवकाश पाउने भएका छन् ।

एसएसपी जीवनकुमार श्रेष्ठसहितका अधिकृतले दायर गरेको रिटमा गत ६ भदौमा सर्वाेच्चले अन्तरिम आदेश दिइ १० असोजका लागि पूर्ण सुनुवाईको पेशी तोकेको थियो । त्यो आदेशले प्रहरी संगठनमा समस्या आउने भन्दै सरकारले सर्वाेच्चमा भ्याकेट दर्ता गरेको थियो ।