NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

गगन थापालाई भेट्न गएपछि न्यायाधीश कुँवर विवादमा

काठमाडौं । बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर विवादमा परेका छन् । सर्वाेच्च अदालतको न्यायाधीश बन्नका लागि नेताहरुको घर–घरमा पुगेको विवरण सार्वजनिक भएपछि उनी विवादमा परेका हुन् ।

कुँवर कांग्रेस नेता गगन थापाको नक्सालस्थित सम्पर्क कार्यालयमा पुगेको फोटो नै सार्वजनिक भएको छ । आफुलाई सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिमा सहयोग गर्न आग्रह गर्दै कुँवर थापालाई भेट्न गएको बताइन्छ ।यस विषयमा न्याय परिषद्मा समेत उजुरी परेको बताइन्छ । तर, न्याय परिषद्लाई पनि उनलाई आफ्नो प्रभावमा पार्दै आएका छन् ।

यसअघि क्यासिनो सञ्चालक महेश सिंहलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई दिएको विषयमा पनि कुँवरविरुद्ध परिषद्मा उजुरी परेकोमा उनले नै छानविन रोकाएका थिए । जबकी आरोप लागेकी जयन्ती थापाले आफ्नो नाममा क्यासिनो बिक्रि भएको देखाएर सम्पत्ति शुद्धीकरण गरिएको बयान दिएकी थिइन् । अन्य ठूला भ्रष्टाचार मुद्दामा पनि बिशेष अदालतले एकपछि अर्काे सफाइको फैसला गर्दै आएको छ ।

कुँवर बिशेषमा गएपछि भ्रष्टाचारका मुद्दा छिटो फैसला भएका छन् । तर, ठूला मुद्दामा सफाई र सानामा ठहर हुने प्रवृत्तिका कारण प्रश्न उठ्दै आएको छ ।

हाल सर्वाेच्च अदालतमा चार न्यायधीशका पद रिक्त छन् । तर, बागबन्डा मिल्न नसक्दा नियुक्तिको निर्णय हुन सकेको छैन ।