अस्ट्रेलियामा सोह्र वर्षीया युवकमाथि आतङ्कवादी योजना र तयारीको आरोप
अस्ट्रेलिया । अस्ट्रेलियाली प्रहरीले मङ्गलबार पूर्वी सहर ब्रिस्बेनमा चलिरहेको आतङ्कवाद विरोधी अनुसन्धानको एक हिस्साको रूपमा एक १६ वर्षीया युवालाई आरोप लगाएको छ ।
एक आतङ्कवाद विरोधी संयुक्त टोलीले उक्त व्यक्तिलाई आतङ्कवादी कार्यहरूको योजना र तयारी गरिरहेको आरोप लगाएको प्रहरीले जनाएको छ ।
एक १६ वर्षीया किशोरले सहरको उत्तरमा रहेको विद्यालयमा आक्रमण गर्ने योजना बनाएको स्थानीय सञ्चारमाध्यमले जनाएको हो । सुरक्षा सेवाले युवालाई “केही समयका लागि निगरानी“मा राखेको ब्रिस्बेन टाइम्सले जनाएको छ ।
अस्ट्रेलियाली सङ्घीय प्रहरीले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्दै “सार्वजनिक सुरक्षामा हाल कुनै खतरा नरहेको विश्वास व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया