NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

काभ्रेमा बाढी पहिरोबाट ५० भन्दा धेरैको मृत्यु

काठमाडौं । काभ्रेमा बाढीपहिरोमा परेर ५० भन्दा धेरैको मृत्यु भएको छ । अविरलको वर्षापछि काभ्रेका सबैजसो वडा बाढी पहिरोको चपेटामा परेका छन् ।
हरेक जसो गाउँमा पहिरो गएको छ भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ ।

हालसम्म १४ शव भेटिएका छन् । पहिरोमा ५० भन्दा धेरै बेपत्ता छन् । बेपत्ता भएकाहरुको उद्धार हुन नसक्दा मृत्यु भएको आकलन गरिएको छ ।
काभ्रेको तेमालमा १२, रोशी र पनौतीमा ११/११, बेथानचोक, बनेपा र नमोबुद्धमा ४/४ जना पहिरोमा पुरिएका छन् । भुम्लु, मण्डन र खानीखोलमा पनि पहिरोबाट मृत्यु भएको छ । विपी राजमार्गले आसपासमा ठूलो क्षती गरेको छ। दुवैतर्फ राजमार्ग भत्किदा राजमार्ग सयौं यात्रुहरु बिहीबारदेखि अलपत्र छन् । आइतबार बिहान उनीहरुको हेलिकोप्टरबाट उद्धारको थालिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष