NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

अझै वर्षाको सम्भावना, कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान ?

काठमाडौं । देशभरको मौसम सफा हुँदै गएको छ । मनसुनी वायुसँगै बंगलादेशको उत्तरी क्षेत्र तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार लुम्बिनी र गण्डकी सहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ। लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भएको छ ।
आइतबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबार राति पनि देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोसी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखााले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

यस्तो छ सोमबार र मंगलबारको पूर्वानुमान ?

२०८१ असोज २१ गते सोमबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८१ असोज २२ गते मंगलबार

दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।