के हो अन्डरराइटिङ, किन महत्वपूर्ण छ ?
काठमाडाैं । नियामक निकाय (नेपाल धितोपत्र बोर्ड) बाट लाइसेन्सप्राप्त कम्पनीहरुले मात्रि अण्डरराईटिङ्ग सेवा प्रदान गर्न सक्छन् । अण्डरराईटिङ्ग भन्नले कुनै पनि कम्पनीहरुले धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्दा उक्त निष्काशन गरिने धितोपत्र बिक्री नभएको खण्डमा बिक्री नभएको सम्पूर्ण शेयर खरिद गर्ने गरि शेयर निष्काशन गर्नु भन्दा अगाडी गरिने एक प्रकारको सम्झौता हो । जसले निष्काशनकर्ता कम्पनीलाई निष्काशन गरिने धितोपत्रको सब्क्रिप्सनको रिक्स हुदैन । अण्डरराईटिङ्ग एक प्रकारको इन्स्योरेन्स हो । जसले निष्काशन गर्न लागेका शेयर सत् प्रतिशत बिक्री नभएको अवस्थामा समेत निष्काशनकर्ता कम्पनीले निष्काशन गरेको सम्पूर्ण धितोपत्र बिक्री हुने सुनिश्चितता गर्दछ ।
अण्डरराईटिङ्ग गर्नु अघि अण्डररार्डटहरुले सम्बन्धित कम्पनीको विभिन्न पक्षहरुलाई ध्यानमा राखेर गरेको हुन्छन् । एन आइ सी एशिया क्यापिटलका चिफ मर्चेन्ट बैंकिङ अफिसर दामोदर रायमाझी धितोपत्र जारी गर्ने सम्बन्धित निष्काशनकर्ता कम्पनीको समग्र वित्तीय अवस्था, विगतमा गरेको कम्पनीको प्रर्फमेन्स, वर्तमान अवस्था र भविष्यमा गर्न सक्ने व्यवसायीक प्रर्दसन, व्यवस्थापन समूह तथा सोही प्रकृतिका कम्पनीहरुको दोश्रो बजारमा भएको करोवार मूल्य लगायतको विषयमा राम्रो संग अध्ययन अनुसन्धान गरी रिक्स गणना गरेर मात्र अण्डरराइटिङ्ग गरिने बताउँछन्
अण्डरराईटरले अण्डरराईटिङ्ग सेवा दिए बापत सम्बन्धित कम्पनीसँग निश्चित् शुल्क लिने गर्दछन् । अण्डरराईटिङ्ग गराउदा अण्डरराईटरहरुले अधिकतम अण्डराइटिङ्ग गरेको रकमको ४ प्रतिशत सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था रहेको भएतापनि पछिल्ले समयमा हेर्दा अण्डरराइटरहरुले अण्डरराइटिङ्ग शुल्क वार्षिक १ प्रतिशतको हारहारीमा लिने गरेको चिफ मर्चेन्ट बैंकिङ अफिसर रायमाझीको भनाइ छ । बोर्डको नियमअनुसार शुल्क लिने गरेपनि प्रतिस्पर्धी बजार भएकाले कम्पनीको जोखिम पक्षको मूल्यांकन गरेर त्यही अनुसार शुल्क निर्धारण गरिने उनको भनाइ छ ।
अन्डरराइटरसँग उनीहरुको विशेषज्ञताको क्षेत्रको गहिरो अध्ययन हुनुपर्छ । तर नेपालमा त्यस्तो नभएको र जथाभावी अन्डरराइटिङ हुने गरेको धेरैको गुनासो छ । चिफ मर्चेन्ट बैंकिङ अफिसर रायमाझी अण्डरराईटरले कम्पनीको जोखिम मूल्यांकन गरेर नै अण्डरराईटिङ्ग गर्ने गरेको स्पष्ट पार्छन् ।
हाल नेपालमा २४ अण्डरराईटर कम्पनीहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सञ्चालनमा छन् । अन्डराइटिङको लागि बोर्डले अण्डरराइटरहरुलाई निश्चित सीमा तोकिदिएको हुन्छ । अन्डराइटिङ्ग गर्दा अण्डरराईटरहरुले आफ्नो अन्तिम अडिटेड नेटवर्थको तीन गुणा मात्रै गर्न मिल्छ । त्यसको आधारमा रहेर अण्डरराइटिङ गरिने हुँदा अण्डरराइरको राम्रो संग अध्ययन र अनुसन्धान गरी आफ्नो लिमिटमा रहेको अण्डरराईटिङ्ग गर्नुपर्ने हुँदा रिक्स फ्क्टर क्यालकुलेशन गरेर मात्र अण्डरराईटिङ्ग कमिसन दर निर्धारण गर्ने गरिएको हुँदा अण्डरराईटरहरुको विशेषज्ञतामा कुनै शंका मान्नुनपर्ने उनी बताउँछन् ।
अण्डरराइटिङ्ग शुल्कमा आधारित सेवा हो । अण्डरराईटरले धितोपत्र निष्काशन गर्ने कम्पनीहरुसँगको सम्झौताअनुसार नै अण्डरराइटिङ्ग गरेको हुन्छन् । रायमाझी अण्डरराइटिङ्ग गर्दा खासै समस्या नआएपनि बजारमा भुक्तानीको गुनासोहरु भने बेलाबेला आउने गरेको सुनाउछन् ।
कुनै पनि कम्पनीहरुले तीन करोडभन्दामाथि मूल्यको सेयर जारी गरेको छ भने अनिवार्य रुपमा अण्डरराइटिङ्ग गर्नुपर्छ । तर नियामक निकायले अण्डरराइटिङ्ग गराउ निर्देशन दिएको अवस्थामा भने तीन करोड भन्दा कम रकमको धितोपत्र निष्काशन गर्दा समेत अण्डरराईटिङ्ग गर्नुपर्ने हुन्छ ।
आजको दिनमा सर्वजानिक रुपमा धितोपत्र निष्काशन गरेको कम्पनीहरुले धितोपत्र बाँडफाँड गर्दा न्यूनतम १० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको तथा प्रथामिक शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु संख्या अत्यादिक रहेको हुँदा पछिल्लो दिनमा निष्काशन गरेका कम्पनीहरुको शेयर सब्सक्रिप्सनमा त्यति समस्या नरहेको देखिन्छ । तर भोलिको दिनमा ठूलो स्केलमा सार्वजनिक निष्काशन गर्दा सव्सक्रिप्सनको च्यालेन्ज आउन सक्ने हुँदा अण्डरराईटिरहरुको महत्व झन् बढेर जाने रायमाझीको भनाइ छ ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारेको टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यसँग नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले नेपालमा मर्चेन्ट बैंकिङको अवस्था, समस्या, अन्डराइटिङ के हो, यसको महत्वसँग सम्बन्धित रहेर कुराकानी गरिएको छ ।
ताजा अपडेट
-
आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने
-
नेप्से परिसूचक १३ अंकले बढ्यो, यी कम्पनीले कमाए सर्वाधिक
-
अमेरिकी राष्ट्रपति बाइडेन र राष्ट्रपति निर्वाचित ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
-
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
-
मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
प्रतिक्रिया