मुम्बईमा भारतीय नेताको गोली हानी हत्या

काठमाडौं । भारतमा एक नेताको गोली हानी हत्या गरिएको छ । अजित पवार गुट (एनसिपी) का नेता बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानी हत्या भएको हो ।
सिद्धिकीको छातीमा गोली लागेकोमा लिलावती अस्पताल भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको हो ।
४८ वर्षीय सिद्धिकी कांग्रेस छाडेर केही समयअघि मात्रै एनसिपीमा प्रवेश गरेका हुन् ।
गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनामा संलग्नको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया