अफगानिस्तानमा विस्पोट हुदाँ तीनजनाको मृत्यु तीन घाइते
एजेन्सी । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रान्तको कारा बाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ । विस्पोट हुँदा तिनजना बच्चाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।
अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुति सुरुङ र विस्फोटक अवशेषको विस्पोटमा कुल २९२ जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्पोटले अधिकाशं बालबालिकासहित दर्जनौँ मानिसहरू आकस्मिक रुपमा मृत्यु तथा अपाङगताको सिकार हुन बाध्य छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया