अफगानिस्तानमा विस्पोट हुदाँ तीनजनाको मृत्यु तीन घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको पुष्टि भएको प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रान्तको कारा बाग जिल्लामा बालबालिकाहरू आलुको खेतमा काम गर्दै गर्दा दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ । विस्पोट हुँदा तिनजना बच्चाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।
अफगानिस्तानमा सन् २०२४ को पहिलो छ महिनामा बारुति सुरुङ र विस्फोटक अवशेषको विस्पोटमा कुल २९२ जनाको ज्यान गएको थियो । जसमध्ये अधिकांश बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा खतरनाक बारुतिसुरुङ युक्त देशहरू मध्ये एक एक बनेको छ जहाँ पटक–पटकको विस्पोटले अधिकाशं बालबालिकासहित दर्जनौँ मानिसहरू आकस्मिक रुपमा मृत्यु तथा अपाङगताको सिकार हुन बाध्य छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया