NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

रवि लामिछानेमाथि काठमाडौंमा पनि प्रहरीले अघि बढायो अनुसन्धान

काठमाडौं । पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि काठमाडौंमा पनि अनुसन्धान अघि बढेको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा गएको घटनामा उनीमाथि छानविन सुरु भएको हो ।

यसअघि कालिमाटी वृत्तले अनुसन्धान गरेकोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले फाइल तानेर अनुसन्धान अघि बढाएको हो । जिबी राई समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मीबाट पनि करिब एक अर्ब हिनामिना भएको छ । सो समूहका ६ सहकारीबाट गोर्खा मिडियामा पैसा गएको र त्यसको जिम्मेवारी लामिछाने समेत हुने भन्दै उनीमाथि कास्कीसहित, रुपन्देही, चितवन लगायत जिल्लामा पनि अनुसन्धान भइरहेको छ ।