हनी ट्रयापिङ गिरोहसँग मुछिएका एसपीमाथि सिआईबीको अनुसन्धान

काठमाडौं । हनि ट्रयापिङ गिरोहसँग मुछिएका एसपी कमल थापामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । ललितपुर प्रहरीले अनुसन्धान गर्दै आएकोमा बुधबार सिआइबीलाई फाइल बुझाइएको छ ।
ललितपुर प्रहरीले सो गिरोहमा आबद्ध प्रहरीसहित चार जनालाई पक्राउ गरी सिआइबीमा बुझाएको हो । ललितपुरको भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख रहेकी इन्सपेक्टर बिनुकुमारी शाही र इटहरीका ताज इस्लामको समूहले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको थियो । सो घटनामा इन्सपेक्टर शाही फरार छिन् भने एसपी थापा पनि योजनामा देखिएका छन् ।
घटना संगठित प्रकतिको रहेको भन्दै सिआइबीलाई अनुसन्धानको जिम्मेवारी दिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी थापालाई यसअघि त्यहाँबाट हटाइएको छ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया