राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गरे पहिलो नियुक्ति
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो पटक आफ्नो कर्मचारी नियुक्त गरेका छन् ।
सुजी वाइल्सलाई ट्रम्पले बिहीबार ह्वाइट हाउसको चीफ अफ स्टाफमा नियुक्त गरेका हुन्।
वाइल्स राष्ट्रपति चुनाव अभियानमा ट्रम्पकी प्रबन्धक थिइन् ।
वाइल्सलाई ह्वाइट हाउस चीफ अफ स्टाफको रूपमा नियुक्त गर्दै ट्रम्पले उनीबाट आफूलाई सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत मिलेको उल्लेख गरेका छन् ।
वाइल्स अमेरिकाकी प्रभावशाली नेत्री हुन् । योसँगै उनी उक्त पद पाउने प्रथम महिलासमेत बनेकी छन् ।
सन् १९७९ बाट राजनीतिक यात्रा सुरु गरेकी उनीसँग चुनाव व्यवस्थापनको लामो अनुभव रहेको छ ।
अमेरिकाको राष्ट्रपति प्रशासनमा चिफ अफ स्टाफको उल्लेख भूमिका रहने गर्छ । उनले अब ह्वाइट हाउसमा प्रमुख नीतिहरूका साथै सचिवालयको नेतृत्व गर्नेछिन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया