राष्ट्रपतिमा निर्वाचित ट्रम्पले गरे पहिलो नियुक्ति
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो पटक आफ्नो कर्मचारी नियुक्त गरेका छन् ।
सुजी वाइल्सलाई ट्रम्पले बिहीबार ह्वाइट हाउसको चीफ अफ स्टाफमा नियुक्त गरेका हुन्।
वाइल्स राष्ट्रपति चुनाव अभियानमा ट्रम्पकी प्रबन्धक थिइन् ।
वाइल्सलाई ह्वाइट हाउस चीफ अफ स्टाफको रूपमा नियुक्त गर्दै ट्रम्पले उनीबाट आफूलाई सबैभन्दा ठूलो राजनीतिक विजय हासिल गर्न मद्दत मिलेको उल्लेख गरेका छन् ।
वाइल्स अमेरिकाकी प्रभावशाली नेत्री हुन् । योसँगै उनी उक्त पद पाउने प्रथम महिलासमेत बनेकी छन् ।
सन् १९७९ बाट राजनीतिक यात्रा सुरु गरेकी उनीसँग चुनाव व्यवस्थापनको लामो अनुभव रहेको छ ।
अमेरिकाको राष्ट्रपति प्रशासनमा चिफ अफ स्टाफको उल्लेख भूमिका रहने गर्छ । उनले अब ह्वाइट हाउसमा प्रमुख नीतिहरूका साथै सचिवालयको नेतृत्व गर्नेछिन् ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया