NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १८ गते

रवि लामिछाने एक महिनादेखि थुनामा, धनराजलाई घरमै राखेर अनुसन्धान

काठमाडौैं । तिव्र दबाबपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । मितेरी सहकारीको ठगी प्रकरणमा बुधबार गुरुङसँग ब्यूरोले सोधपुछ गरेको हो । तर, उनलाई पक्राउ भने गरिएको छैन ।

धनराजकी पूर्वपत्नी ज्योती गुरुङले मितेरी सहकारीको करिब १४ करोड हिनामिना गरी हाल विदेशी भागेकी छिन् । धनराजले भने उनीसँग सम्बन्ध बिच्छेद भइसकेको बताएका छन् । तर, पैसा भने त्यसपछि पनि सहकारीलाई तिर्दै आएका थिए । सायदै दुई वर्षअघिको निर्वाचनमा ज्योतीलाई नै श्रीमतीका रुपमा उल्लेख गरेकाले नक्कली सम्बन्ध बिच्छेद गरेको आरोप लागेको छ । श्रीमतीले गरेको गल्तीमा आफुलाई दोषी देखाएको भन्दै उनले खण्डन गर्दै आएका छन् ।

सिआइबीले उनलाई घरमै राखेर अनुसन्धान गरिरहेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने एक महिनादेखि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको मात्र छैन उनीविरुद्ध मुद्दामाथि मुद्दा चलाउने तयारी छ । हाल उनको कास्की र रुपन्देहीमा बयान भइरहेको छ । त्यसपछि काठमाडौं र चितवनमा पनि लैजाने तयारी भइरहेको छ । लामिछाने सहकारी ठगीमा प्रत्यक्ष नजोडिएपछि सहकारीको पैसा लगानी भएको ग्यालेक्सी टेलिभिजनको तत्कालिन सञ्चालक भएको आधारमा उनलाई पक्राउ गरी विभिन्न मुद्दाहरु लगाउन लागिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष