के हो मर्चेन्ट बैंकिङ व्यवसाय , यसले के काम गर्छ ?
काठमाडाैं । कुनै समय पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताले घण्टौ लाइन बसेर सेयर भर्नुपर्ने र खातामा सेयर नामसारी हुनलाई महिनौँ कुर्नुपर्ने बाध्यता थियो । २०७२ साल माघबाट पूर्ण रुपमा अभौतिक कारोबार सुरु भएसँगै त्यो बाध्यताको अन्त्य भयो ।
मेरो सेयर, डिम्याटको सुरुवात भएसँगै पुँजीबजारमा कारोबार गर्नेको संख्या पनि वृद्धि हुँदै गएको छ । आजको दिनसम्म आइपुग्दा डिम्याट खाता खोल्ने ६४ लाख र मेरो सेयर प्रयोगकर्ताको संख्या ५५ लाखभन्दा बढी नाघिसकेको छ ।
यसरी सहज छिटो पादरर्शी रुपमा विद्युतीय माध्यमबाटै सेयर कारोबार गर्नको लागि डिपोजिटरी पार्टिसिपेन्ट अर्थात डिपीले ठूलो भूमिका खेल्दै आएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सप्राप्त र केन्द्रीय निक्षेप निकाय सिडिएसीअन्र्तगत कार्य गर्ने अनुमतिप्राप्त निक्षेप सदस्यहरु नै डिपी हुन् । हाल यसको संख्या १११ पुगेको छ । यसले लगानीकर्ता, स्टक एक्सचेञ्ज, बैंक तथा वित्तिय संस्था तथा ब्रोकर कम्पनीहरुलाई केन्द्रीय निक्षेप निकायको रुपमा सिडिएसीसँग जोडिएको हुन्छ ।
विद्युतीय माध्यमबाट हितग्राही खाता खोल्ने, धितोपत्रका नामसारी तथा खातामा अभिलेख राख्ने, सेयर धितोमा राखेर कर्जा प्लेज्ड गर्दिनेदेखि प्लेज्ड फुकुवासम्मको काम डिपीले गर्छ ।
डिपीको माध्यमबाट सम्पूर्ण सेयर कारोबार गर्ने सुविधा भएसँगै लगानीर्ताले ठूलो राहतको महसुस गर्ने गरेका छन् ।
धेरैजसो लगानीकर्ताहरुमा डिपी आइडी र क्लाइन्ट आइडीमा द्धुविधा रहेको पाइन्छ । तर यससम्बन्धमा लगानीकर्ता स्पष्ट हुनुपर्छ । डिपी आइडी र क्लाइन्ड आइडी दुबै पुँजीबजारमा विद्युतीय माध्यमबाट सेयर कारोबार गर्नको लागि प्रयोग गरिन्छ ।
डिपीले लगानीकर्तालाई विभिन्न सेवा पु¥याबापत् निश्चित शुल्क लिने गरेको छ । नयाँ खाता खोल्दा ५० रुपैयाँ, खाता नविकरणबापत् वार्षिक सय रुपैयाँ डिपीले लिने यी शुल्कहरु महंगो भयो भनेर समयसमयमा लगानीकर्ताबाट गुनासो आइरहेको हुन्छ ।
नेपालवाचर फाइनान्सियल लिट्रेसी नेपालको नियमित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा हामीले डिपोजिटरी पार्टिसिपेन्ट, मर्चेन्ट बैंकिङ व्यवसायसँग सम्बन्धित रहेर कुरा गर्न खोजिएको छ ।
यी विषयमा केन्द्रित रहेर नेपाल बैंकर्स संघका पूर्व कार्यकारी निर्देशक भुवन दहालले एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी निर्देशक रामेन्द्र रायमाझीसँग गरेको कुराकानीको पूरा भिडियो तल हेर्नुहोस् :
प्रतिक्रिया