दक्षिण कोरियामा विमान दुर्घटना, ४७ जनाको मृत्यु, उद्धार जारी
काठमाडौं (एजेन्सी) । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान दुर्घटनामा परेको छ । अवतरणका क्रममा चिप्लिएर विमान दुर्घटना भएको हो ।
विमानमा १८१ जना सवार रहेकोमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए। दक्षिण कोरियाको दमकल विभागका अनुसार दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ ।
जेजु एयरको यो विमान बैंककबाट आएको थियो । दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार, दुई जनाको जीवितै उद्धार गरिएको छ ।
उद्धार कार्य अझै पनि जारी छ।
विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरूले बताएका छन् । समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।
दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया