अमेरिकाका ३९औं राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

काठमाडौं (एजेन्सी) । अमेरिकाका ३९औं राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।
सबैभन्दा लामो समयसम्म बाँच्ने पूर्वअमेरिकी राष्ट्रपतिको रेकर्ड बनाएका कार्टरको आइतबार जर्जियाको सानो शहर प्लेन्समा निधन भएको हो ।
“हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो”, कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समार्फत भनेको छ ।
विज्ञप्तिमा उनको परिवारका सदस्यमाझ शान्तिपूर्वक निधन भएको उल्लेख छ ।
राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गर्दै विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया