दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा हमासविरुद्ध फेरि आक्रमण थाल्ने चेतावनी दिएका छन् ।
पहिलो चरणको युद्धविराम कार्यान्वयनमा आउनुअघि टेलिभिजनमार्फत आफ्ना देशबासीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले यस्तो बताएका हुन् । इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम आइतबारबाट हुँदैछ ।
‘यो युद्धविराम अस्थायी हो । यदि दोस्रो चरणको युद्धविराम सफल भएन भने हमासविरुद्ध पुनः आक्रमण थाल्नेछौं,’ उनले भने ।
हमासविरुद्ध गाजामा आक्रमण गर्ने अधिकार इजरायलसँग रहेको दाबी पनि उनले गरेका छन् । यसका लागि ह्वाइट हाउस फर्किन लागेका डोनाल्ड ट्रम्पसँग अनुमति लिएको उनको भनाइ छ ।
मध्यपूर्वलाई परिवर्तन गरेको उल्लेख गर्दै उनले हमास अब पूर्ण रूपमा एक्लो भएको बताए ।
इजरायल र हमासबीच १५ महिना लामो युद्ध रोक्न यही जनवरी १५ का दिन युद्धविराम गर्ने सहमति भएको छ । अमेरिका र कतारको मध्यस्थतामा भएको सहमतिअनुसार, तीन चरणमा युद्धविराम हुनेछ । आजदेखि सुरु हुने पहिलो चरणको युद्धविराम आगामी मार्च १ सम्म चल्नेछ । यो अवधिमा इजलायलको जेलमा रहेका प्यालेस्टिनीलाई रिहा गरिनेछ भने बदलामा अर्को पक्षले ३३ इजरायलीलाई छाड्नेछ ।
पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुनेछ । जसमा दुवै पक्षले एकअर्का लक्षित आक्रमण नगरी बन्दी रिहा र राहत सामग्री आपूर्ति गर्न सहयोग गर्नेछन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया