नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
काठमाडौं (एजेन्सी) । नासाका दुई अन्तरिक्ष यात्रीले पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि उनीहरूले बाहिर निस्किएर बिहीबार एकसाथ स्पेस वाक गरेका हुन् ।
कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न तथा पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरूबारे बुझ्न बाहिर निस्किएको समाचारमा जनाइएको छ ।
“अब हामी जान्छौं,” विलमोरले स्पेनबाट २६० माइल (४२० किलोमिटर) माथि निस्किँदा भने ।
गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उनीहरूको नयाँ सवारी, बोइङको स्टारलाइनर क्याप्सुल यति धेरै समस्यामा प–यो कि नासाले त्यसलाई खाली फर्काउने निर्णय ग–यो ।
यसपछि परीक्षण पाइलट तथा सेवानिवृत्त नौ सेनाका कप्तानलाई कक्षमै छाडियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया