रूस र युक्रेनबीच युद्धविराम गराउन अमेरिकाले कसरी गर्दैछ काम ?

काठमाडौं । युद्धरत रुस र युक्रेनबीच युद्धविराम गराउन अमेरिकाले अग्रसरता बढाएको छ । रुससँगको जारी युद्ध रोक्न युक्रेन सहमत भएसँगै अमेरिकाले रुसी पक्षसँग संवाद अघि बढाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामबारे वार्ता गर्न अमेरिकाको टोली रुस प्रस्थान गरेको बताएका छन्। यद्यपि उनले यस टोलीमा को–को छन् भन्ने खुलाएका छैनन्।
साउदी अरबमा अमेरिकी अधिकारीहरूसँगको वार्ता पछि युक्रेन ३० दिन युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा सहमत भएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युद्ध रोक्ने या स्थगित गर्ने भन्ने कुरा निर्धारणका लागि रुसको कोर्टमा बल पुगेको जनाएका छन् ।
साउदी अरबको जेद्दामा भएको बैठकपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई यस मुद्दामा कसरी तयार पार्ने भन्ने कुरा अब अमेरिकामा निर्भर रहने बताएका थिए ।
यसैबीच, रुसी राष्ट्रपति कार्यालयले युद्धविराम प्रस्ताव सम्बन्धमा अध्ययन गरिरहेको जनाएको छ । यसबारे ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच कुराकानी भने हुन सकेको छैन । रुसी राष्ट्रपति कार्यालयका अनुसार दुई देशका राष्ट्रपतिबीच यस विषयमा टेलिफोनमा कुराकानी हुने सम्भावना छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया