NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३ गते

औषधिमा पनि कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब औषधिमा पनि ट्यारिफ (कर) लगाउने घोषणा गरेका छन्। देशको करसम्बन्धी नीतिमा व्यापक फेरबदल गरेका ट्रम्पले औषधिमा पनि नयाँ नियम लागू गर्ने घोषणा गरेका हुन् ।

‘हामी एउटा महत्त्वपूर्ण कदम चाल्दैछौं। जब हामी औषधिमा ट्यारिफ लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि बनाउन फर्कनेछन्, किनकि अमेरिका सबैभन्दा ठूलो बजार हो,’ उनले भने ।

उनले यो कदमले औषधि कम्पनीहरूलाई दबाब पर्ने र उनीहरूले चीनजस्ता देशबाट आफ्नो कारोबार सारेर अमेरिकामा कारखाना खोल्ने दाबी गरे ।

गत हप्ता ट्यारिफ घोषणा गर्दा ट्रम्पले औषधिमा छुट दिएका थिए। तर उनी पहिलेदेखि नै औषधिमा छुट्टै ट्यारिफ लगाउने बताउँदै आएका थिए।

विश्वमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा बन्छन्।

केही विज्ञहरूले औषधिमा प्रयोग हुने कच्चा पदार्थमा ट्यारिफ लगाइएको खण्डमा औषधिको मूल्य बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।