NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

दक्षिण–पूर्वी एसियाको भ्रमणमा निस्कँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ आगामी हप्ता दक्षिण–पूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन्।

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर (ट्यारिफ) ले दुई देशबीच तनाव बढिरहेका सीले दक्षिणपूर्वी एसियाका मुलुकहरूको भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन्।

उनको यो यात्रा अप्रिल १४ मा भियतनामबाट सुरु हुनेछ। त्यसपछि उनी मलेसिया र अन्त्यमा कम्बोडिया जाने कार्यक्रम छ ।

यो भ्रमण यस्तो समयमा हुँदैछ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा ४६ प्रतिशत, मलेसियामा २४ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यद्यपि, अहिले १० प्रतिशत आधारभूत ट्यारिफ लागूू गरेर ९० दिनको रोक लगाइएको छ

स्मरणीय छ, अमेरिकाले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएको छ भने जवाफमा चीनले अमेरिकामाथि ८४ प्रतिशत ट्यारिफ लगाएको छ।

चीनले स्पष्ट रूपमा अमेरिकाको दबाबसामु नझुक्ने बरु अन्तिमसम्म लड्ने बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष