दक्षिण–पूर्वी एसियाको भ्रमणमा निस्कँदै चिनियाँ राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ आगामी हप्ता दक्षिण–पूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन्।
अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर (ट्यारिफ) ले दुई देशबीच तनाव बढिरहेका सीले दक्षिणपूर्वी एसियाका मुलुकहरूको भ्रमण गर्न लागेका हुन् ।
चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सी अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियाको राजकीय भ्रमण गर्नेछन्।
उनको यो यात्रा अप्रिल १४ मा भियतनामबाट सुरु हुनेछ। त्यसपछि उनी मलेसिया र अन्त्यमा कम्बोडिया जाने कार्यक्रम छ ।
यो भ्रमण यस्तो समयमा हुँदैछ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा ४६ प्रतिशत, मलेसियामा २४ प्रतिशत र कम्बोडियामा ४९ प्रतिशतसम्मको ट्यारिफ लगाएका छन्। यद्यपि, अहिले १० प्रतिशत आधारभूत ट्यारिफ लागूू गरेर ९० दिनको रोक लगाइएको छ
स्मरणीय छ, अमेरिकाले चीनमाथि १४५ प्रतिशत ट्यारिफ लगाएको छ भने जवाफमा चीनले अमेरिकामाथि ८४ प्रतिशत ट्यारिफ लगाएको छ।
चीनले स्पष्ट रूपमा अमेरिकाको दबाबसामु नझुक्ने बरु अन्तिमसम्म लड्ने बताएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया