NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सुर्तीजन्य पदार्थमा बढ्ला त कर ?

काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले केही दिनअघि आयोजित एक कार्यक्रममा एक खिल्ली चुरोटको मूल्य ३० रुपैयाँ र एक हजार पर्ने रक्सीको मूल्य ३ हजार पुुर्याउने प्रस्ताव पेस गर्न लागेको बताए ।

सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्ने पौडेलको जस्तै मत पूर्वस्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि राखेका थिए । स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अधिकांश मन्त्रीले यसलाई संवेदनशिल रूपमा लिँदै आएका छन् । तर सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने निर्णय भाषणभन्दा माथि उठ्न सकेको छैन ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआई) को २०२० को तथ्यांकले नेपालमा बर्सेनि करिब २७ हजार १०० जनाको मृत्यु सुुर्तीजन्य रोगका कारण हुुने देखाएको थियो । एनडिआरआईले नेपालमा सुुर्तीजन्य पदार्थको प्रयोगबारे सामाजिक आर्थिक र नीतिगत पक्षबारे सन् २०२४ मा गरेको राष्ट्रिय सर्भेक्षणले सुर्तीजन्य पदार्थका कारण नेपालमा प्रत्येक वर्ष ३७ हजार ५२९ जनाको मृत्यु भइरहेको देखाएको छ ।

उक्त सर्वेक्षणले सन् २०२३ मा नेपालमा ६७ लाखले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको तथ्यांक प्रस्तुत गरेको छ । जसअनुसार प्रत्येक व्यक्तिले औसतमा प्रति दिन करिब ६ खिल्ली चुरोट सेवन गर्ने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले सुुर्तीजन्य पदार्थको खुुद्रा मूूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड लगाएको छ । तर नेपालमा सुर्तीजन्य पदार्थको कर ३३ प्रतिशत मात्र कायम छ । जुुन दक्षिण एसियाली मुुलुुकमै सबैभन्दा न्यून हो ।

विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले क्यान्सरको प्रमुख कारण धुम्रपान तथा सुुर्तीजन्य पदार्थ रहेको पुष्टि गरिसकेको छ । ‘इन्टरनेसनल जर्नल अफ बायोलोजिकल एण्ड मेडिकल रिसर्च’ अनुसार सुुर्तीजन्य पदार्थमा हुने निकोटिनले विस्तारै शरीरका अंगलाई क्षति पुर्याउँदै लैजान्छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि यो कुरालाई नकार्न नसकिने बताउँछन ।

सरोकारवालाहरू कर वृद्धिले मात्र सुुर्तीको खपत घटाउन सम्भव हुने बताउँछन् । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुुर चन्द कर बढ्दा यसको मूूल्य बढने र खपतमा कमी आउने मान्छन् ।

बजेटमा सुर्तीजन्य कर

सरकारले हरेक वर्ष बजेटमा स्वास्थ्यलाई जोड दिँदै सुुधारमा लागि चाल्नुुपर्ने कदमको बुुँदा अघि सार्दै आइरहेको हुुन्छ । क्यान्सरलगायत जटिल प्रकारका उपचार खर्चमा अनुदान रकम दिँदै आइरहेको सरकारको बजेटमा सबै भन्दा स्वास्थ्यलाई जोखिम पुर्याउने र विभिन्न नसर्ने रोगको कारण बनिरहेको सुुर्तीजन्य पदार्थको करमा भने खासै चासो दिएको पाइँदैन् ।

जनस्वास्थ्यविद् अरुणा उप्रेती सरकारले क्यान्सर लागेमा उपचार गर्न पैसा उपलब्ध गराए पनि त्यसलाई न्युनिकरण गर्न पहल गरेको पाउँदिनन् । ‘उपचार खर्च दिएको छ तर यसको प्रमुख कारण सुुर्तिजन्य पदार्थमा कर बढाउन पहल गरेको छैन’ उनले भनिन् ।  सरकारले सुुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर ६० पैसा र अन्तःशुल्क कर १३ प्रतिशत लगाउँदै आइरहेको छ ।

सरकारले कर नबढाएर जनस्वास्थ्यमा ठुुलो खेलबाड गरिरहेको छ । अन्य मुुुलुुकममा जनस्वास्थ्यको मुुद्दालाई त्यहाको सरकारले केन्द्रमा राखेर काम गरिरहेको छ तर नेपाल सरकारले ध्यान दिएको देखिएन् । यसले गर्दा पनि सरकारले विकासको मुुद्दाहरुमा ध्यान नदिएको स्पष्ट छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले सुर्तीजन्य पदार्थको कर २५ प्रतिशतले बढाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा पनि २० प्रतिशत कर लगाउने उल्लेख गरेको थियो । गत आर्थिक वर्ष ०८०/८१ को बजेटले भने यसमा खासै सम्बोधन नगरेको अध्यक्ष चन्द बताउँछन् ।

‘गत वर्षको बजेटमा स्वास्थ्य जोखिम करमा कुुनै परिवर्तन भएन् । सरकारले सुुर्तीजन्य पदार्थमा अन्तःशुुल्क २ देखि ५ प्रतिशतले बढाएको थियो, जसको कुनै औचित्य हुुँदैन । मुुद्रास्फीति ७ प्रतिशत र करको वृद्धि २ प्रतिशत गरियो, यसको के मतलब भयो र ?,’ सरकारले विगत केही वर्षदेखि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दै आएता पनि यसको प्रभाव देखिने गरी नपरेको चन्द बताउँछन् ।

यस पटकको नीति तथा कार्यक्रममा पनि सरकारल सुर्तीजन्य पदार्थमा कर बढाउने उल्लेख गरेको छ । चन्द जनताको स्वास्थ्यलाई मनन गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थको कर बढाउन पर्ने विचार राख्छन् ।

हामीले पनि बजेटका लागि अन्तःशुुल्कका व्यक्ति र कर समितिलाई सुुझाव दिएका छौं,’ उनले भने, ‘सरकारले स्वास्थ्य जोखिम कर ६० पैसाबाट ३ रुपैयाँ र अन्तःशुुल्क १६ देखि १८ पुुर्याउँदा मात्र यसको कर ५० देखि ५५ प्रतिशतको रेन्जमा आउँछ । यो हुुँदा मात्र सुर्तीजन्य पदार्थको खपत कम हुुन्छ, सरकारले कम्तीमा ५० प्रतिशत कर लगाओस् भन्ने हाम्रो चाहना छ ।’

त्यसो त, स्वास्थ्य मन्त्रालय पनि आफूहरूले सुर्तीजन्य पदार्थमा कर लगाउनुपर्ने सुझाव दिँदै आएको बताउँछ । मन्त्रालयका प्रवक्ता प्रकाश बुुढाथोकीले ९० प्रतिशत कर लगाउनुु पर्छ भनेर यसमा काम गरिरहेको बताए ।

करले कसरी घटाउँछ खपत ?

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको मूल्यसमेत बढ्छ । जसले सुर्तीजन्य पदार्थको मूल्य प्रभावित हुन्छ । मूूल्य महँगो हुुँदा यसको प्रयोगसमेत कम हुन्छ । अध्यक्ष चन्द पनि यो कर बढ्दा उपभोगमा कमी आउने बताउँछन् । कर वृद्धिले विशेष गरी विद्यालय तहका बालबालिकालाई यसबाट टाढा राख्ने उनी बताउँछन् ।

‘कर बढ्दा यसको मूूल्यमा असर पर्छ, यदि १५ रुपैयाँ खिल्ली पर्ने चुुरोटको मूल्य ३० रुपैयाँ पर्न जाँदा महँगो भएकै कारण व्यक्तिले यसको उपभोग कम गर्छ र महँगो चुुरोट किनेर खानुभन्दा छाडौं भन्ने सोच पलाउँछ । ’

सुुर्तीजन्य पदार्थको मूूल्य १० प्रतिशतले मात्र बढ्यो भने पनि ४ प्रतिशतले यसको उपभोग घट्ने उनको भनाइ छ । ‘त्यसैले कर बढ्यो भने यसको मूूल्य बढ्छ र मूल्य बढ्दा यसको खपतमा कमी आउँछ ।’

यसबाहेक, सुुर्तीजन्य पदार्थको बट्टामा कुुनै विशेष हेल्पलाइन राख्न सक्दा पनि यसको खपतमा कमी हुुने उनले बताए । ‘अन्य देशमा सुुर्तीजन्य पदार्थको बट्टामै हेल्प लाइन नम्बर लेखिएको हुन्छ । यदि कुुनै व्यक्तिले सुुर्तीजन्य पदार्थ छाड्न चाहन्छ भने उसले त्यो नम्बरमा फोन गरेर परामर्श लिन सक्छ,’ उनले भने, ‘नेपालमा पनि यस्तो हुन पर्छ ।’ यद्यपि, यसमा केही काम भएको तर कार्यान्वयनमा भने गइनसकेको उनले बताए । यी विषयलाई जोड दिन सक्दा सुर्तीजन्य पदार्थको सेवनसँगै यसमा प्रभावकारी काम हुुन सक्ने उनले सुुनाए ।

‘सरकार सुर्ती उद्योगीको पक्षमा देखियो’

अध्यक्ष चन्द सुर्तीजन्य पदार्थको मूल्य बढेता पनि कर वृद्धि नभएको र यसबाट सरकार सुर्ती उद्योगीको पक्षमै काम गरिरहेको देखिएको बताउँछन् ।

‘सुुर्ती उद्योगीले कर बढाउन सरकारलाई दिँदैनन्, यसमा उद्योगीलाई नाफा छ । जसबाट सरकार पनि जनताको भन्दा उद्योगीकै पक्षमा छ भन्ने देखिन्छ,’ उनले भने ‘अब उद्योगीको पक्षमा मात्र नभएर सरकारले जनताको स्वास्थ्यलाई हेरेर काम गर्नुुपर्छ ।’

यसमा काम गर्ने सरोकार राख्ने निकाय तथा जनस्वास्थ्य विद् सरकार उद्योगीको पक्षमा उभिएर कर नबढेको तर्क गर्छन् तर स्वास्थ्य कर कोषका उपसचिव गोपिकृष्ण रेग्मी स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष कर बढाउने प्रस्ताव पठाउँदै आएको बताउँछन् ।

उनले मन्त्रालयले जनस्वास्थ्यलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको र त्यही अनुुरुप नीति नियम र कानुुन तर्जुुमा गरेर कायान्वयनको लागि पठाइरहेको तर्क गरे । ‘ कर बढ्दा थोरै थोरै बढेको अवस्था चाँही हो, यो अत्यधिक बढन् नसक्नुुमा अर्थ मन्त्रालयको पनि केही सिमा होलान् । मन्त्रालयले यसमा पहल गरिरहेकै छ, उनले भने, ‘ सुुर्तिजन्य पदार्थको विषयमा हामीलाई सरोकारवालाहरुले झक्झकाउनुु भएको छ तर उद्योगीको पक्षमा मन्त्रालयल छैन् हामी स्वास्थ्यमा सचेत छौं । ’

सुुर्तिजन्य पदार्थको कर बढाउन सरकार व्यापारिक घरानाकै नाफालाई ध्यानमा राखेर सरकारले कर नबढाएको जनस्वास्थ्यविद् अरुण उप्रेती पनि ठान्छिन् । सरोकारवालाहरुले पहिलादेखिकर बढाउनुुपर्छ, सुुतिजन्य पदार्थ सेवन निमुुल नै गर्नुुपर्छ भनेर आवान उठाइरहेको भएता पनि सरकारले यसमा वेवास्था गरेको उनको भनाइ छ । सरकारले कर बढाएर सुुर्तिजन्य पदार्थको असरबारे छलफल र बहस धेरै भन्दा धेरै बढाउनुुपर्ने उनी बताउँछिन् ।

‘सरकारले कर नबढाएर जनस्वास्थ्यमा ठुुलो खेलबाड गरिरहेको छ । सुुर्तिजन्य पदार्थले स्वास्थ्यमा असर त गर्छ नै भविष्यमा जन्मिने बच्चाहरुको स्वास्थ्यमासेतम असर हुुन्छ । गर्भवती महिलाले सुुर्तिजन्य पदार्थ प्रयोग गर्दा बच्चा सानो हुुनेदेखि शारीरीक र मानसिक समस्यामा समेत असर पर्छ । ’उनले भनिन्,  ‘साउथ एशियाको अन्य मुुुलुुकममा जनस्वास्थ्यको मुुद्दालाई त्यहाको सरकारले केन्द्रमा राखेर काम गरिरहेको छ तर नेपाल सरकारले ध्यान दिएको देखिएन् । यसले गर्दा पनि सरकारले विकासको मुुद्दाहरुमा ध्यान नदिएको स्पष्ट छ ।’

बढाउँदैछ नसर्ने रोगका बिरामी

विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले क्यान्सरको प्रमुख कारण धुम्रपान तथा सुुर्तीजन्य पदार्थ रहेको पुष्टि गरिसकेको छ । ‘इन्टरनेसनल जर्नल अफ बायोलोजिकल एण्ड मेडिकल रिसर्च’ अनुसार सुुर्तीजन्य पदार्थमा हुने निकोटिनले विस्तारै शरीरका अंगलाई क्षति पुर्याउँदै लैजान्छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि यो कुरालाई नकार्न नसकिने बताउँछन ।

‘अनुसन्धानले सुुर्तीजन्य पदार्थ तथा मद्यपान नगर्दा ८० देखि ९० प्रतिशत क्यान्सर नलाग्ने देखाएको छ,’ उनले भने, ‘स्वास्थ्य सुुर्तीजन्य पदार्थ खपत घट्दा क्यान्सर, दम, फोक्सो लगायत नसर्ने रोगहरुको जोखिम कम हुन्छ ।’

सुुर्तीजन्य पदार्थ (चुुरोट, बिडी, गुट्खा, हुुक्का, खैनी, पराग) लगायतले अस्पतालमा नसर्ने रोगका बिरामीको चाप बढ्दै गइरहेको डा. शाही बताउँछन् । उनले सबैभन्दा बढी अस्पतालमा क्यान्सरका बिरामी आउने गरेको बताए ।

‘कसलै अत्यधिक बिडी, कतिपयले खैनी र सुुर्ती सेवन गरेको हुन्छन्, क्यान्सर मात्र नभएर दम र अन्य फोक्सोसम्बन्धी समस्या भएर पनि बिरामी आइरहेका छन् । अहिले पनि ६० देखि ८० प्रतिशत बिरामी सुुर्तीजन्य पदार्थले असर गरेर उपचारको लागि आइरहेका छन्,’ उनले भने ।

सुुर्तीजन्य पदार्थको प्रयोगले १५ प्रकारका क्यान्सर हुने गर्छ । त्यसमा पनि सबैभन्दा बढी फोक्सो, मुुख, खानेनली र घाँटीको क्यान्सर देखिन्छ । यसबाहेक, प्याङ्क्रियाज, किड्नी ब्यालडर, पेटको क्यान्सर तथा महिलामा हुुने पाठेघरको मुुखको क्यान्सरसमेत सुुर्तीजन्य पदार्थले हुने गरेको छ । सुुर्तीजन्य पदार्थमा कार्सिनोजेन नामक क्यान्सर बनाउने तत्व भेटिन्छ । जसले हाम्रो कोषिकाको डिएनए लाई हानि पुुर्याउँछ । यससँगै सुर्तीजन्य पदार्थले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामासमेत ह्रास ल्याउँछ ।

धूम्रपानको दलदलमा युवा