NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

नारायणहिटी दरवार सङ्ग्रहालय क्षेत्र वरपर निषेधाज्ञा जारी

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित आदेशअनुसार मिति २०८२/०२/१७ देखि २०८२/०३/२४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई आन्दोलन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको छ।

निषेधित क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्मका क्षेत्रहरू समावेश छन्। यो आदेश जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस र मिति २०८२/०१/२४ को सूचनाका आधारमा जारी गरिएको हो।

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेश उल्लङ्घन गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष