विपक्षीको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ । विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो।
भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन् ।
त्रिभुवन विमानस्थल अध्यागन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित आन्दोलित विपक्षीको निरन्तरको अवरोधपछि अब संसद् बैठक बुधबार दिउँसो मात्रै बस्ने भएको हो ।
प्रतिक्रिया