संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’

काठमाडौँ। प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ ।
समितिको आज बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्ताबेजको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।
बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
‘आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, के कति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो’, उनले भने, ‘सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।’
बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
सो आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । सो आयोजनाको ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।
ताजा अपडेट
-
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
-
पतञ्जलि जग्गा प्रकरण: पुर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश
-
संसदीय समितिको निष्कर्ष-‘सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक’
-
बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
-
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
प्रतिक्रिया