NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

झापामा जङ्गली हात्ती मृत फेला

झापा। मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिनुभयो । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।

मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ । झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जङ्गली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरुमा बढेको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत भेटिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष