रासायनिक हतियार प्रयोग नगर्न रुसलाई पोल्यान्डको चेतावनी
काठमाडाैं । पोल्यान्डमा राष्ट्रपति एन्ड्रजेज ड्युडाले आइतबार एक अन्तर्वार्तामा रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग गर्यो भने खेल बदलिने भन्दै चेतावनी दिएका छन् । कसरी जवाफ दिने भनेर नेटोले गम्भीरताका साथ सोच्ने पनि भनेका छन् ।
अहिलेसम्म नेटो युक्रेनमाथि रुसी आक्रमणमा हस्तक्षेप गर्ने पक्षमा थिएन । उनले भनेका छन्, दोस्रो विश्वयुद्धपछि विश्वले यस स्तरको कुनै युद्ध देखेको छैन । पुटिनले अहिले जुनसुकै हतियार पनि प्रयोग गर्न सक्छन् । अहिले विशेषगरी उनी कठिन परिस्थितिमा छन् । राजनीतिक रुपमा उनले यो लडाई हारिसकेको छ र सैन्य रुपले पनि उनले युद्ध जित्ने छैनन ।’
रुसले युक्रेनमाथि आक्रमण गरेको १८ दिन भयो । अहिलेसम्म युद्धविराममा रुसले सहमति जनाएको छैन । रुसी सेना युक्रेनको राजधानी किएभतर्फ बढिरहेका छन् । अन्य सहरमा पनि आक्रमण जारी छ ।
युक्रेनले बहादुरीका साथ रुसी आक्रमणको प्रतिरोध गरिरहेको छ । यसैका कारण पनि धेरैले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने भन्दै चेतावनी दिइरहेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया