NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

सशस्त्रको विज्ञापन रोकियो, अस्पतालको सेवा प्रवाहमै समस्या

नयाँ जनशक्तिको भर्ना रोकिँदा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । सशस्त्रले लोकसेवाको सहमतिमा सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ र सशस्त्र प्रहरी नायब निरीक्षक (स्टाफ नर्स) ४६ का लागि ६८ पदमा दरखास्त आह्वान गरेको थियो ।

ती पदका लागि विस्तृत स्वास्थ्य परीक्षण भए पनि परीक्षा हुन सकेको छैन । १३ साउनमा भएको विज्ञापनको दरखास्त संकलन गरेर विस्तृत स्वास्थ्य परीक्षण भए पनि परीक्षा रोकिएको छ । थारू क्लस्टरको मागसहित दायर भएको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएर यथास्थितिमा राख्न भनेपछि परीक्षा हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता पुरुषोत्तम थापाले बताए ।

‘सशस्त्र प्रहरीको जनशक्तिमा आश्रित परिवारसँगै सर्वसाधारणलाई एपिएफ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छौँ । बिरामीको चाप भए पनि नयाँ जनशक्ति भर्ना हुन नसक्दा समस्या भएको छ,’ उनले भने । कतिपय चिकित्सक र स्टाफ नर्स सेवानिवृत्त भए पनि नयाँ जनशक्ति भर्ना हुन नसक्दा अस्पतालको सेवाप्रवाहमा समस्या आएको हो । सशस्त्र प्रहरीमा साधारण र कानुनतर्फको विज्ञापन पनि रोकिएको छ । सशस्त्रमा ७१ निरीक्षक (साधारण), आठ निरीक्षक (कानुन) र ८३ सहायक निरीक्षक गरी एक सय ६२ पदका लागि ६ असोजमा विज्ञापन भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष