पाकिस्तानले हटायो विकिपिडियामाथिको प्रतिबन्ध

काठमाडौं (एजेन्सी) । पाकिस्तानले अनलाइन ज्ञान प्लेटफर्म विकिपिडियामाथिको प्रतिबन्ध हटाएको छ।
केही दिनअघि विश्व प्रसिद्ध विकिपिडियामाथि लगाइएको प्रतिबन्ध प्रधानमन्त्री शहबाज सरिफको आदेशपछि हटेको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित तीन सदस्यीय मन्त्रीस्तरीय समितिले विकिपिडियामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पिटिए) ले विकिपिडियालाई फेब्रुअरी १ मा केही विवादास्पद सामग्री हटाउन आग्रह गरेको थियो। आफ्नो यस्तो आग्रहलाई विकिपिडियाले पन्छाएपछि पाकिस्तान सरकारले प्रतिबन्ध लगाउने कदम चालेको थियो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया