युक्रेन युद्धबारे बाइडेन-सि जिनपिङबीच छलफल हुने

काठमाडौं । युक्रेनमा तीन सातादेखि चलिरहेको संकटका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सि जिनपिङले शुक्रबार फोनमा छलफल गर्ने भएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीसँग रुसमाथि लगाएको प्रतिबन्धसम्बन्धमा कुरा गर्ने बताइएको छ ।
नोभेम्बरमा भिडियोमार्फत भएको वार्तापछि सि जिनपिङ र बाइडेनबीच पहिलोपटक कुराकानी हुन लागेको हो ।
युक्रेन संकटमा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको छ भने चीन रुसतर्फ ढल्किएको छ । यस अवस्थामा छलफलका माध्यमबाट मतभेद समाधान गर्ने अवसरका रुपमा लिइएको छ ।
ताजा अपडेट
-
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
-
बाजुरा आगलागी : ३५ पसल जल्दा आठ करोड बढीको क्षति
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
प्रतिक्रिया