युक्रेनको स्वास्थ्य क्षेत्रमा ४३ आक्रमण, १२ को मृत्युः विश्व स्वास्थ्य संगठन
काठमाडौं । रुस र युक्रेनबीच भइरहेको युद्धका क्रममा युक्रेनको स्वास्थ्य प्रणालीमा ४३ वटा आक्रमण गरेको छ । यी आक्रमणबाट अहिलेसम्म १२ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अदानोम गेब्रेयससले यसबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा जानकारी दिएका छन् ।
अस्पताल तथा मेडिकल क्षेत्रमा हमलामा दर्जनौं व्यक्ति घाइते भएको पनि संगठनले जनाएको छ । ‘कुनै पनि युद्धमा स्वास्थ्य प्रणालीमा आक्रमण गर्नु भनेको अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गर्नु हो’ टेड्रोसले १५ सदस्यीय परिषदमा भनेका छन् । उनले यी आक्रमण कुन पक्षले गरेको हो भनेर तोकेका छैनन ।
रूस-युक्रेन युद्धकाे २३ दिन पुगीसकेकाे छ । यस अवधिमा ३० लाखभन्दा बढी युक्रेनी नागरिक विस्थापित भएका छन्, सयाैं मारिएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया