हिन्दू परिषद् नेपालका सदस्यको ‘चिकेन स्टेसन’मा गाइको मासु !

काठमाडौं । पर्सास्थित वीरगञ्ज महानगरपालिकामा सञ्चालन भइरहेको चिकेन स्टेसनमा गाईको मासु बेचिएकोबारे उजुरी परेको छ ।
उक्त चिकेन स्टेसन हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेका हुन् ।
हिन्दू धर्मसँग सम्बद्ध संस्थामा आबद्ध झाकै सञ्चालनमा रहेकाे रेस्टुरेन्टमा राष्ट्रिय जनावरको मासु बेचेकोबारे मधेश आयोगमा उजुरी परेको हो ।
उक्त उजुरी पछि आयोगले आवश्यक कारवाहीको माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
‘हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनमा नेपालको राष्ट्रिय जनावर गाईको मासु बेच्ने गरेको सम्बन्धी यस आयोगमा प्राप्त उजुरी तहाँ मन्त्रालयसँग सम्बन्धित भएकोले यसै पत्रसाथ सक्कलै प्रति संकलन गरी आवश्यक कारवाहीको लागि पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ उक्त पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया