उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना
काठमाडौं । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ ।
‘नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्यांकन गरिरहेको छ’, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् ।
यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । ‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ’, प्रवक्ताले भने ।
अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया