विधेयकविरूद्ध औपचारिक आन्दोलनमा उत्रिए निजामती कर्मचारी
काठमाडौं । संघीय निजामती सेवा ऐनको विधेयकमा सरोकारवालासँग छलफल नै नगरेको विषयमा निजामती कर्मचारीहरू आजबाट आन्दोलनमा उत्रिएका छन् ।
बुधबारबाट यससँग सम्बद्ध पाँचवटै ट्रेड युनियनले आन्दोलन निकालेको जानकारी दिएको हो ।
संघीयता आएको लामो समय गुज्रिसक्दा पनि निजामती सेवाको व्यवस्थापन सरकारको प्राथामिकतामा नपर्नू चिन्ताको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।
कर्मचारीको साझा हितमा रहने छाता ऐनको निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण सहभागिता नभएको कर्मचारीहरूको गुनासो छ ।
छलफल बिना नै उक्त विधेयक अर्थ, कानू, न्याय तथा संसदीइ मामिला मन्त्रालयमा पठाइएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।
यसको विरोधमा पाँचवटै ट्रेड युनियनहरूले आज सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मुख्यसचिव, प्रधानमन्त्री, प्देशका प्रमुख सचिवलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया