एसिसी प्रिमियर कप
युएई ११७ रनमा अलआउट
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।
पटक–पटकको वर्षापछि सोमबार स्थगित खेल सोही अवस्थामा अहिले बिहान ९ बजेबाट सुरु भएको थियो । जसमा युएई ११७ रन बनाएर अलआउट भएको हो ।
युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५४ रन, ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन, वासिलले २७ बलमा १० रन, कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रनको योगदान दिए ।
यसक्रममा नेपालका ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा,सोमपाल कामीले १÷१ विकेट लिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया