रुसले प्रतिबन्धित बम प्रहार गरेकाे युक्रेनको आरोप
काठमाडौं । रुसले युक्रेनको पूर्वी सहर क्रमातोस्कमा प्रतिबन्धित फस्फोरस बम विस्फोट गराएको आरोप युक्रेनले लगाएको छ ।
प्रहरी प्रमुख ओलेक्सी बिलोचित्स्कीले सोमबार फेसबुकमार्फत पोस्ट गर्दै ‘फस्फोरसजस्तै तिमीहरु पनि जल्ने छौं’ भनेर चेतावनी दिएका थिए ।
युक्रेनी अधिकारीले पटक पटक मस्कोले फस्फोरस बम प्रयोग गरेको भन्दै आरोप लगाउँदै आइरहेका छन् ।
फस्फोरसका कारण धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी प्रहरीले जनाएका छन् । सन् १९७७ मा जेनेभा महासन्धीले सेतो फस्फोरस बम युद्धमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
युक्रेनको आपतकालीन सेवा विभागले युद्धका कारण फेबु्रअरी २४ देखि अहिलेसम्म ६५१ आवासीय भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको बताएको छ । यही अवधिमा ३ हजार ७ सय ८० घर भत्किएको युक्रेनको टेलिभिजन नेक्स्टले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया