खाँण र रायमाझीले कस्तो दिए बयान ?

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको बयान सकिएको छ । रायमाझीको बयान सोमबार बेलुका नै सकिएको हो भने खाणको सोमबार र मंगलबार बयान लिइएको हो । दुवैजनाले इन्कारी बयान दिएको स्रोत बताउँछ ।
‘रायमाझीजीले फटाफट प्रश्नका जवाफ दिनुभयो,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘तर, खाणले शब्द–शब्द ख्याल गरेर बोलेका छन्, धेरैजसोमा थाहा छैन भन्ने जवाफ छ ।’ उनले छोटो–छोटो बोल्दै सबै आरोप अस्वीकार गरेका छन् । तर, दुवैजनाविरुद्ध बलिया प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् ।
सोमबार बयानका क्रममा मुख्य प्रश्नमा प्रवेश गरेलगत्तै स्वास्थ्यको कारण देखाएर खाणले बयान रोकेका थिए । त्यसपछि कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेर मात्र मंगलबार बोलेका हुन् । ‘तर, धेरै बाठो हुन खोज्दा उहाँ बयानमा चुक्नुभएको छ,’ प्रहरी स्रोतले भन्यो । खाणले गृहमन्त्री हुँदा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराउनेदेखि प्रतिवेदन नै किर्ते गरेर नाम थप्नेलगायत काम गरेको प्रहरी दाबी छ । बिचौलिया मात्र नभई पक्राउ परेका सचिव टेकनारायण पाण्डेले समेत उनको विपक्षमा बयान दिएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया