किन खाने कटहर ?
एजेन्सी । कटहर भिटामिन सी, पोटासियम र फाइबरको भरपूर स्रोत हो। कटहर तरकारी र फलफूल दुवैको रुपमा खान सकिन्छ ।
काँचो कटहर तरकारीका लागि उपयुक्त हुन्छ भने पाकेको कटहर फलफूलको रुपमा खान सकिन्छ । कटहरमा हुने पौष्टिक तत्वका फाइदा धेरै छन् । यसमा पाइने एन्टिअक्सिडेन्टमामा प्रतिरक्षा प्रणालीमा सुधार गर्ने क्षमता हुन्छ ।
भिटामिन सी छाला र मांशपेशीका लागि लाभदायिक मानिन्छ । यसमा एन्टी इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल र एन्टी फङ्गल गुणहरु हुन्छन् । जसले शरीरको घाउ छिट्टै निको पार्छ ।
यसबाहेक, यसमा भिटामिन बी कम्प्लेक्स ,बी ६, नियासिन, रिबोफ्लेविन र फोलिक एसिड पनि प्रशस्त्र मात्रामा पाइन्छ । जुन एक स्वस्थ शरीरका लागि अत्यावश्यक छ ।
आउनुहोस् जानौं गुणकारी कटहरका केही फाइदा :
मुटु रोगीमा कटहर
कटहरको सेवन मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले उच्च रक्ताप नियन्त्रण गर्छ । यसका साथै यसले मांशपेशी र स्नायु प्रणाली पनि स्वस्थ राख्छ ।
कब्जियतमा कटहर
कब्जियतका समस्या हुनेले कटहर खाँदा यो समस्याबाट राहत मिल्छ । यसमा फाइबर पाइन्छ । जसले पाचन प्रणलीलाई सहिसँग चलाउँछ र खाना पनि छिटै पचाउँछ । कटहरको सेवनले आन्द्रालाईसमेत सफा गर्छ ।
आँखाको ज्वति बढाउन कटहर
यसमा भिटामिन ए र बिटा क्यारोटिन हुन्छ । जुन आँखाको लागि आवश्यक छ । यसले आँखालाई ब्याक्टेरिया र संक्रमणबाट बचाउँछ भने आँखाको ज्वति पनि बढाउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया