पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ ।
न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो ।
यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ । राज्यका गोेप्य कागतपत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।
‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’ पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो सोशल प्लेटफर्ममा लेखेका छन् ।
आगामी मङ्गलबार आफूलाई मियामीको सङ्घीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन् । आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ ।
पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि उनका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया