राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार बिहान छाती दुखेपछि गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना भएका पौडेलको स्वास्थ्य अवस्थामा सुधार आएपछि अस्पतालले आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
गंगालाल हृदयरोग केन्द्रले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र २४ घण्टा अवलोकनमा राखेर डिस्चार्ज गरिने जनाएको छ ।
अस्पतालको भिआइपीतर्फको ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर पौडेलको उपचार भइरहेको छ ।
पौडेलको मुटुको अवस्थाबारे पत्ता लगाउन मंगलबार एनजिओग्राम गरिएको थियो । जसको रिपोर्ट राम्रो आएको पौडेलको सचिवालयले जनाएको छ ।
मंगलबार एक्कासि छाती दुखेपछि पौडेललाई उपचारका लागि बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएको थियो । यसअघि पेटमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो । भारतमा उनको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा दुई साता स्वास्थ्य उपचार गराएर पौडेल गत वैशाख १८ मा स्वदेश फर्किएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया