शरणार्थी प्रकरण : अभियुक्तलाई छाड्ने कि थुनामा राख्ने आदेश आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीकै बहस सकिएको छ । गत जेठ २४ बाट सुरु प्रतिवादीहरूको बहस बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सकिएको हो ।
प्रतिवादीहरूको तर्फबाट बहस सकिएकाले शुक्रबार सरकारी पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले २ बजे अगाडि नै बहस सक्न सरकारी वकिललाई निर्देशन दिएका छन् ।
न्यायाधीश न्यौपानेले तोकेको समयसीमाभित्र बहस सकिएमा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारिकमा छाड्ने भन्ने आदेश आजै आउने छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नको आरोपमा सरकारले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, बादल पुत्र प्रतीक, टोपबहादुर पुत्र सन्दीपलगायत ३० जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । यीमध्ये १८ पक्राउ परे पनि बादलपुत्र प्रतीकलगायत १२ अझै फरार छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया