आधाभन्दा बढी युक्रेनी बालबालिका विस्थापितः युनिसेफ
किएभ । संयक्त राष्ट्र संघको बालबालिका सम्बन्धी निकाय युनिसेफले रुसको आक्रमणपछि युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएको बताएको छ ।
‘युद्धबाट ४३ लाख बालबालिका विस्थापित भएका छन्, युक्रेनमा झन्डै ७५ लाख बालबालिका रहेका छन्’ युनिसेफले विज्ञप्तिमार्फत् भनेको छ ।
‘शरणार्थीको रूपमा छिमेकी देशहरूमा प्रवेश गरेका १८ लाखभन्दा बढी बालबालिका र अहिले युक्रेनभित्र आन्तरिक रूपमा विस्थापित भएका २५ लाख बालबालिका समावेश छन्, विज्ञप्तिमा भनिएको छ ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकालाई ठूलो मात्रामा युक्रेन युद्धले विस्थापन गरेको बताइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया