ब्राजिलमा भवन भत्किँदा एघार जनाको मृत्यु
ब्राजिल । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । वारुणयन्त्र विभागका अनुसार शुक्रबार सात जना मृत अवस्थामा फेला परेका थिए भने अर्को एक जनाको अस्पतालमा मृत्यु भएको थियो । शनिबार बिहान उद्धार टोलीले थप तीन जनाको शव फेला पारेको थियो ।
सन् २०१० मा अदालतको आदेशमा उक्त भवनमा बसोबासमा प्रतिबन्ध लगाइएको थियो तर २०१२ यता कैयौं परिवार त्यहाँ अवैध रूपमा बसाइँ सरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया