NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

एकदिनका लागि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री लुले क–कसलाई भेट्दैछन् ?

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाका भ्रमणमा रहेका उनी आज बिहान नेपाल आइपुगेका हुन् ।

एकदिने नेपाल भ्रमणमा आएका लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् ।

लुले नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेटघाट गर्नेछन् । उनले अमेरिकन चेम्बर फ कमर्सको एक सदस्य संस्थासँग पनि भेटनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष